आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएका थिए।
