Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फिस्लिङमा कारलाई ठक्कर दिदै रात्री बस त्रिशुलीमा खस्यो

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै बाट कारलाई ठक्कर दिदै रात्री बस त्रिशुलीमा खसेको छ । आज बिहान करिब साधे ७ बजेतिर फिस्लिङ र मौवाखोलाबीचमा दुर्घटना भएको हो । 

काठमाडौबाट मुग्लिनतर्फ आउदै गरेको बा प्र ०१-०२९ च ३७२० नम्बरको कारले मोडमा ओभरटेक गरेर आउँदा नेपालगन्जबाट काठमाडौ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस कारलाई ठक्कर दिदै त्रिशुलीमा खसेको हो । उक्त दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको दुर्घटनास्थलबाट स्थानिय पत्रकार दान बहादुर गुरुङले जानकारी दिए । 

उनका उनुसार घाइतेको उद्वार गरि थप उपचारको लागि भरतपुर पठाइएको छ । उनका अनुसार बसमा सवार अधिकांश यात्रु सामान्य घाइते छन भने घटनाको विस्तृत विवरण आउन बाकी छ ।