Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेलको दोस्रो तल्लाको बाथरूम भित्र धाराको सावरमा झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीया करिष्मा सुनार मृत भेटिएकी सिराहाका प्रहरी प्रमुख (एसपी) रमेश पन्डितले जानकारी दिए ।

उनी बिहान ड्युटी गरेर दिउँसो आफू बस्ने (महिला बालबालिका तथा जेष्ठ नागरिक सेलको दोस्रो तल्ला) मा गएको र धेरै बेरसम्म बाहिर ननिस्केपछी सहकर्मीहरूले खोजि गरेका थिए । भित्रबाट छिस्किनी लगाएर बाथरूम भित्र झुन्डिएको देखेपछि प्रहरीको टोलि पुगेको थियो, एसपी पन्डितले भने,मृत्युको कारण खुल्न सकेको छैन।

उनी स्मार्ट प्रहरी थिइन । उनको परिवारलाई खबर गरिसकिएको एसपी पन्डितले बताए । उनी  नेपालगन्जको खजुरा (४ कि स्थायी वासिन्दा हुन ।