Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भारत भ्रमणपछि प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको बताए । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताए । भेटपछि ओलीले भनेका थिए, ‘भेट राम्रो भयो ।’

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा (माओवादी केन्द्र) को शीर्ष नेताद्वय प्रचण्ड र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।