Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विष्फोटमा परेर कञ्चनपुरमा एक विद्यार्थी घाइते

कञ्चनपुरमा विष्फोट हुँदा एक जना भाइते भएका छन् । वेदकोट नगरपालिका–२ मा सोमबार विष्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारी माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विष्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ । भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी धामी विस्फोट हुँदा घाइते भएका हुन् ।

घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन् । प्रहरीले पोटास र गन्धक पड्किएको अनुमान गरेको छ । तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन । शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विष्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ ।

धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।