Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

हेटौंडामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ ।

मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका–१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।