Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल र श्रीलंकाबीचको खेल रद्द, अब के हुन्छ?

आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षा कारण सम्भव नभएपछि टस समेत नभइ खेल रद्द भएको हो ।

योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

448236318_449099994496409_2481395480699047925_n.jpg

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।