Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

निलम्बित न्यायाधीश भुवन गिरीलाई बैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद

काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको हिजो सोमबारको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

‘सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना । त्यो जरिवानालाई क्षतिपूर्तिको रूपमा पीडितले पाउने फैसला भएको छ’, शर्माले भने । यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । 

सजाय निर्धारणका निम्ति जेठ २८ गते सोमबारलाई पेसी तोकिएको थियो । कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।