Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी–२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज समूह ‘ए’ अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि सुरु हुँदैछ ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार व्यहोरेको छ ।

 त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार व्यहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार व्यहोरेको छ । पाकिस्तानले यसअघिका दुवै खेलमा हार व्यहोरेको हुनाले यो खेल जित्नै पर्ने दबाबमा रहेको छ ।