Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारतको नयाँ दिल्ली गएका उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् ।

prachanda.png

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।

New Project (1).png

उनले राष्ट्रपति द्रौपदी मुर्मु, नवनियुक्त मन्त्री एस जयशंकर, भारतीय व्यवसायीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगै उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरू भारत गएका थिए ।

New Project.png