Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

त्रिभुवन विमानस्थल आज किन गरिंदैछ आधा घण्टा बन्द?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) आधा घण्टाका लागि बन्द गरिने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यासका लागि बन्द गरिने भएको हो ।

कार्यालयका अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा उक्त अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।