Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

झोलुङ्गे पुलमा फसेकामध्ये नौं खच्चरको उद्धार, दुई वटा मरे

दैलेख र अछामको सीमा क्षेत्रको झोलुङ्गे पुलमा फसेका नौं खच्चरको उद्धार गरिएको छ । १५ खच्चरमध्ये उद्धारका क्रममा दुई खच्चरको मृत्यु समते भएको छ । पुलको जाली काटेर खोलामा खसाएर उद्धार गर्ने क्रममा खच्चरको मृत्यु भएको पाइएको हो ।

अड्किएका खच्चरको उद्धार गर्ने क्रममा नौं वटाको सकुशल उद्धार भएको र २ वटाको मृत्यु भएको अछामका एमाले नेता कमल कोलीले जानकारी दिए । ‘हालसम्म ९ खच्चरको उद्धार भएको छ । २ खच्चर उद्धार गर्ने क्रममा मृत फेला परेका छन् ।’ उनले भने, ‘दुई खच्चरको पानीमा झार्दा मृत्यु भएको कि माथि नै पुलमा मृत्यु भयो भन्ने बारे एकिन भएको छैन ।’

त्यस्तै अन्य खच्चर जटिल अवस्थामा रहेको र सुरक्षा निकायको सहयोगमा उद्धार प्रयास भइरहेको कोलीले बताएका छन् । आइतबार बिहान करिब साढे ९ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १५ खच्चर पुलमै अडकिएका थिए ।

अडकएिका खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर डुंगा र अन्य माध्यमबाट उद्धार प्रयास भइरहेको छ ।