Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किए, दुई जिल्लाबीच आउजाउ पनि बन्द

कर्णाली नदीको झोलुंगे पुलको जाली चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । आइतबार बिहान अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमै अड्किएका हुन् ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालका अनुसार पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका छन् । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई जोड्छ । डीएसपी दाहालले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको बताए । उनले उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको बताए ।

जज.jpg

उनले भने, ‘त्यहाँको अवस्था हेर्दा सुरक्षा निकायको टोली र स्थानीयको प्रयासमा केहि गर्न सकिने अवस्था छैन् । पुलको प्राविधिक टोलीलाई बोलाएर चुँडिएको लट्ठा सिधा पार्न सकिन्छ कि भनेर पहल भइरहेको छ ।’ पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।