Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा जेठ २६ गते बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।