प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । आज शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले प्रश्न गरेका हुन् ।
त्यस्तै दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । उनले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रश्न गरेका हुन् । ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नव निर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत?
उनले नाम उल्लेख नगरे पनि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण हुँदैछ । शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाने कार्यक्रम रहेको छ । केहि दिअघि मन्त्रिपरिषद् बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।