Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मोदीको शपथमा प्रधानमन्त्रीसँग को–को जाँदैछन् भारत?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जान लागेका हुन् । 

उनको भारत भ्रमण शुक्रबार बसेको मन्त्रिपरिषद बैठक स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने भ्रमण टोलीको पनि टुंगो लागेको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।