Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विद्यार्थी भिसामा रसिया पठाई दिने भन्दै ११ लाख ठगीको आरोपमा युवक पक्राउ

विद्यार्थी भिसामा रसि विद्यार्थी भिसामा रसिया पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको युमनामाई गाउँपालिका–२ निवासी २३ वर्षीय राहुलकुमार प्रजापती रहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ । उनलाई यही जेठ २२ गते प्रहरीले पक्राउ गरेको हो ।

उनले यमुनमाइ–२ का २० वर्षीय जितेन्द्रकुमार यादवलाई रसिया पठाइदिन्छु भन्दै १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । नेपालस्थित रसियन दूताबासबाट जारी भएको भन्दै उनले नक्कली कागजातहरु देखाएर यादवलाई विश्वासमा पारेर रकम असुलेका थिए ।

रकम असुलेपछि उनले गृह जिल्ला छाडेर अन्य ठाउँमा गई लुकिछिपी बस्दै आएका प्रहरीले जनाएको छ । पीडित युवकको जाहेरीको आधारमा प्रहरीले खोजतलास गरेर उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रजापतिलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।या पठाई दिने भन्दै ११ लाख ठगीको आरोपमा युवक पक्राउ