Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते बिहीबार बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन् । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई सङ्क्रामक रोगको रुपमा पनि घोषणा गरेको छ ।

मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।