जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आज शुक्रबार ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश हरि फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा शुक्रबार आफ्नो दल विभाजन कानुनसम्मत नभएको भन्दै अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्दामा सुनुवाइ भएको थियो ।
सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । यसअिघ यो मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै विभाजनसँग सम्बन्धित विषयलाई यथास्थितिमा राख्न भनेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन निष्क्रिय रहेका बेला कुन ऐनमा टेकेर निर्वाचन आयोगले दल अशोक राईलाई दल दर्ताको प्रमाणपत्र दिएको हो भन्दै उपेन्द्रले सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।