Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

बाल यौन शोषण मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेको तपस्वी रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतले पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश दिएको छ ।

आज शुक्रबार जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पीडित बालिकाको जन्मदर्ता प्रमाणपत्र पेश गर्न आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । सर्लाही जिल्ला अदालतमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए । यस्तै प्रतिवादीको तर्फबाट सीताराम घिमिरे, दिलिप झा, मनोहर झालगायतका कानुन व्यवसायीले बहस गरेका थिए ।

बाल यौन शोषण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेश अनुसार बम्जन गत पुस २६ गतेदेखि पुर्पक्षका लागि महोत्तरी कारागारमा छन् । बम्जनलाई काठमाडौँबाट कडा सुरक्षाका साथ सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको थियो ।

यसअघि अदालतले तीन पटक मुद्दालाई पेसीमा चढाएको थियो तर मुद्दाका प्रतिवादीको तर्फबाट दुई पटक पेसी सारिएको थियो । एक पटक सरकारी वकिलको मागअनुसार पेसी सारिएको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् ।