Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बालेन लक्षित ओलीको कटाक्षः भैंसीको ढाडमा बसेको झिंगाले चार लात्त हानें भनेर दङ्ग हुन्छ

‘भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ, म पनि गएको थिएँ’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले गिरीबन्धु टी–स्टेटबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

आज शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले झिँगाले भैँसीको ढाडमा लात्ती हानें भनेर मख्ख पर्ने भन्दै व्यङग्य गरेका छन् । ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानें यस पटक भनेर‘,’ ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।’ गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

‘भारतीय प्रधानमन्त्रीको शपथ हुँदा जानुपर्छ, म पनि गएको थिएँ’
अधक्ष ओलीले भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा यसअघि पनि नेपालको प्रतिनिधित्व हुने गरेको बताएका छन् । उनले यसअघि आफू र सुशील कोइराला पनि भारत गएको बताए । भारतको प्रधानमन्त्रीको शपथमा नेपालको प्रधानमन्त्री जानु कतिको आवश्यक हो? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘जानुपर्छ । जाने गरेको छ । यो भन्दा अगाडि म पनि गएको थिएँ । ०७४ मा सुशील कोइरालाजी जानु भएको थियो ।’