Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता

सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् ।

 यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् ।