Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । सिन्धुलिको तिनपाट ४ विस्टारका ६७ वर्षीय केशब बहादुर भुजेलको परिवार बिरामी परेका हुन् ।

बिरामी पर्नेहरु उनकी ५३ वर्षीया श्रीमती पुर्णमाया भुजेल, उनका छोरा ३८ वर्षीय घनश्याम भुजेल,नाति २१ वर्षीय किरण भुजेल र उनकी २० वर्षीया बुहारी नानीमाया समाल रहेका छन् ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटार उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।