Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री दाहाल मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् ।प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याएसँगै मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

एनडीए गठबन्धनले भोलि शुक्रबार सरकारमा दाबी पेस गर्ने भएको छ भने मोदीले पर्सि शपथ ग्रहण गर्ने तयारीसमेत छ । भारतको कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहेका मोदीले प्रधानमन्त्री दाहालसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो पठाएका छन् ।