Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

निर्यात व्यवसायीहरुको अनुदान रकम भुक्तानीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान गर्नका लागि माग गरे । 

उनले भने, ‘व्यापार घाटा हुँदै गर्दा आयातलाई प्रतिस्थापन गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन् । तर सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम प्राप्त गर्न नसक्दा व्यवसायीहरुल गुनासो गरेका छन् । त्यसैले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेको अनुदान रकम दिन आग्रह गर्दछु ।’