Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

एक १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार प्रयास)गरेको उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । 

शिवाकोटीलाई स्वयम्भूमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।