नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको छ । प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो ।
सिंहका स्वकीय सचिव यूपी लामिछानेले डाक्टरहरूलाई उद्धृत गर्दै शल्यक्रियापछि सिंहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जानकारी गराएका छन् ।
सिंह अझै केही समय अस्पतालमै रहने जनाइएको छ । सिंह गत जेठ १८ गते परिवारका सदस्यहरूसहित नयाँ दिल्ली गएका थिए ।