Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा त्रिभुवन पार्कमा फूलको विरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा राजधानी काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा वृक्षारोपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ४ दर्जन बढी फूलका विरुवा रोपिएको हो । 

f319f054-b579-4eb5-b7c8-794baf7aafd3.jpg

वृक्षारोपण कार्यक्रममा क्यालेन्द्रा, करबिर, टेकोमा, फ्लावरिङ्ग पिच, वगनवेली, विस्टेरिया, बेगोनिया भेनेष्ट लगायतका पुष्पजन्य विरुवा रोपिएको हो ।

71e28dfd-4ef4-496d-96a3-fff71db26f24.jpg

हरेक वर्ष जुन ५ तारिखका दिन मनाउँदै आइएको विश्व वातवरण दिवसको यो वर्षको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ रहेको छ । नेपालमा पनि विभिन्न संघ र संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

0eec7d89-6715-4505-9271-b0cb8cf8b506.jpg

यस वर्ष भूमि पुनःर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनु पर्नेमा विज्ञको जोड छ ।