Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

तीनकुनेको एक घरमा आगलागीः निभाउने प्रयास जारी, दुई जना घाइते

काठमाडौं कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बुधबार मध्याह्न मदन भण्डारी पार्क नजिकैको बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकको दमकल प्रयोग गरिएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी खटिएका छन् । आगलागी के कारणले भएको खुलेको छैन ।