Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

डोटीमा धनगढी जाँदै गरेको जीप दुर्घटना: एक जनाको मृत्यु, आठजना घाइते

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठजना घाइते भएका छन् ।

लेकम गाउँपालिकाबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुडर नजिक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु हो । 

ज्यान गुमाउने व्यक्तिको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए ।

घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ ।