आईसीसी ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १० बल खेलेर ७ रनमा आउट भएका हुन् ।
नेपालले दुवै ओपनरलाई ३ ओभरमैं गुमाउँदा दबावमा परेको छ । नेपालले १५ रनमा दुवै ओपनर गुमाएको हो ।
भुर्तेल आउट भएसँगै कप्तान रोहित पौडेल ब्याटिङ गर्न मैदानमा उत्रिएका छन् ।
हेर्नुहोस् खेल -