आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा खेल शुरु भएको छ।
हेर्नुहोस् खेल -
नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको हो। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीमा छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ।
एक खेलको नतिजा आएको छैन। २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।
