आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।
अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा खेल शुरु भएको छ।
नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको हो। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीमा छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ।
एक खेलको नतिजा आएको छैन। २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।