Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हाम्रो संसद्‌मा सांसदहरूको संख्या बढी भयो - चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसद्‌मा सांसदहरूको संख्या बढी भएको टिप्पणी गरेका छन् ।

निर्वाचित र समानुपातिक गरेर सांसदहरूको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष थियो । 

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरूलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेट लगायतका विषयमा समस्या देखिने गरेको बताए ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।