Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसद बैठकबाट मेयर बालेनलाई चेतावनी: ओली जेल बसेको कुरामा मजाक नगर्नुस् (भिडियो)

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली जेल बसेको कुरामा मजाक नगर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । मेयर बालेनले संयमता गुमाउँदै गएको र आशा गरेका युवालाई धोका दिन उद्धत रहेको सचिव भट्टराईले आरोप लगाए ।

सचिव भट्टराईले भने,‘काठमाडौं महानगर र सडक विभागको विवादको दोष एमाले र अध्यक्ष ओलीलाई लगाउनुभयो । निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो । किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो । बालेनले संयमता गुमाउँदै जानुभएको छ।’

मेयर बालेनको विरोध गर्दा उनको साइबर सेनाले हमला गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरूले गलत कुरालाई विरोध गर्ने उनले बताए । सचिव भट्टराईले कहाँको रिस ल्याएर एमाले र अध्यक्ष ओलीमाथि पोख्दै हुनुहुन्छ भन्दै मेयर बालेनलाई प्रश्न गरे । 

भिडियो: