Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपाली टोलीको समर्थनमा क्रिकेटको जर्सी लगाएर संसद पुगे रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । आइसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् । 

१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’ को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ ।

dri.jpg

 यी दुई टोलीले अहिले १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन ।