Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो ।

WhatsApp Image 2024-06-02 at 15.14.56.jpeg

टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए ।

आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स विच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।