जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान संसदीय समितिले पनि विगतका समितिले जस्तै काम गर्न नसक्ने दावी गरेका ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले राज्य संयन्त्रमा बस्नेहरूले सहकारी ठगलाई संरक्षण गर्ने आरोप लगाए । ‘यो समितिले पनि सहकारीपीडितहरूलाई माछोमाछो भ्यागुतो पार्छ,’ संसदमा उनले भने । अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् ।
अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन् । छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै ’दूधको दूध, ’पानीको पानी,’ हुनेगरी छानबिन गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ । राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसद्को रोस्ट्रमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको उनले बताए ।