Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साताको पहिलो दिन हेर्नुहोस् कतिमा कारोवार हुँदैछ सुनचाँदी?

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।