Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

धनगढी उड्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट किन फर्काइयो?

काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।
  
“धावनमार्गमा गुडिसकेको विमानमा नेलपलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भनिन्, “नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको  ८ः२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।