Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ खेल वर्षाको कारण रद्द

आइसीसी टी–२० विश्वकप क्रिकेटअघि तय भएको नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ खेल रद्द भएको छ ।

नेपाली समयाअनुसार गए राति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिलो वार्म अप खेलमा नेपाल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।