Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । 

जसअनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि  भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५७ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रमेश कुमार बन्जाराको नेतृत्वमा बुधवार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।  

यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरू पनि प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा बिहीबार स्वदेश फिर्ता भएका छन् । 

हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।