Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कृषिको बजेट एक अर्ब ६९ करोड घट्यो, पर्यटन क्षेत्रलाई ११ अर्ब ९१ करोड

सरकारले कृषि दशक बनाउने घोषणा गरिरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट भने सरकारले घटाएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।

चालु आर्थिक वर्षको कृषिको बजेट ५८ अर्ब ९८ करोड बिनियोजन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपंक्षीतर्फ ५५ अर्ब ९७ करोड बिनियोजन भएको थियो ।

पर्यटन क्षेत्रले पायो ११ अर्ब ९१ करोड बजेट
सरकारले पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्दै यस्तो जनाएका हुन् ।