Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भिसा अन्यौंलमा भएपछि सन्दीपले भने- ‘मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुशी छु’

क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । आज सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

नेपालले टी(२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।