Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

बैठक सुरु हुनेबित्तिकै काँग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभा १३ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोधपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबार बैठक सुरु हुनेबित्तिकै काँग्रेसका सांसदहरूले उठेर अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर बैठक चलाउन सहयोगका लागि पटक पटक विशेष अनुरोध गरे पनि उनीहरूले अवरोधलाई जारी राखे।

त्यसपछि सभाभुख घिमिरेले आजको सम्पूर्ण कार्यसूची हटाई अर्को बैठक आइतबार जेठ १३ गतेका लागि बस्ने गरी स्थगित गरे। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो।  

प्रतिपक्षी नेपाली काँग्रेसले ले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागसहित सदनमा अवरोध गर्दै आएको छ।