Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रतिनिधि सभाको बैठक जेठ ११ गते सम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक जेठ ११ गते सम्मका लागि स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता पारित गरेपछि बैठक स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षले वेल घेराउ गरेर नारा लगाईरहेका बेला प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।