प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको सदनमा सभामुख नदेखेको बताएका छन् । सभामुख सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै शर्माले सभामुख नदेखेको बताएका हुन् ।
‘सदनमा आज सभामुख देखिन देखिरहेको छु–रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ ।
यहीबीच आज प्रधानमन्त्रीले विश्वासको मत लिए । कांग्रेसले विरोध गरिरह्यो । प्रतिपक्षीको विरोधका बीच सभामुखले पेलेरै संसद् अघि बढाएका थिए ।