Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दुइ दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री

भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एकमहिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् । 

आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेत विरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् । त्यसपछि विश्राम लिने उनको चाहना छ । 

३९ वर्षीय क्षेत्रीले आगामी जुन ६ मा कुवेत विरुद्ध फिफा विश्वकप छनोट खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि उनलाई धन्यवाद दिनेहरुले शुभकामना पठाउन थालेका छन् । २० वर्ष टेकेपछि फुटबल मैदानमा उत्रिएका क्षेत्रीले १९ वर्षको करियरमा ९४ स्ट्राइकका साथ भारतको शीर्ष गोलकर्ता बनेर इतिहास बनाउन सफल भए ।

क्षेत्रीले भारतको सबैभन्दा धेरै क्याप गर्ने खेलाडीको रुपमा मैदान छोड्ने छन् । फिफाले क्षेत्रीलाई वधाई अर्पण गर्दै खेल जगतको तर्फबाट  उनलाई सलामी पनि दिएको छ ।