Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्यानले गर्‍यो सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा, विश्वकप क्रिकेट खेल्न पाउने

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

आज उच्च अदालत पाटनले उनी विरुद्धको बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले उनीमाथि लागेको निलम्बन फुकुवा गरेको हो। उच्चको फैसला लगत्तै घरेलु तथा अन्तरराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्ति भनिएको छ, 'सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ।'  

442412054_1189098555789437_8093469965653564223_n.jpg