Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनसान छ डाक्टर केसीको अनसनस्थल

पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् ।

डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् ।  केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उदेश्यले यो अनसन सुरु गरेका हुन् ।

Photos (3).jpg

उनले सबै नेपालीलाई निशुल्क औषधी–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँचदिन देखि अनसनमा छन् । 

यसअघि दशौंँ पटकको अनसनसम्म स्वास्थ्य क्षेत्र सुधारका निम्ति उनले गरेका सत्याग्रहमा ठूलो संख्यामा मानिसहरुले साथ दिँदै आएका थिए । यसपटकको अनसनमा भने पाँचौं दिन डा. केसीको सत्याग्रह स्थल सुनसान छ । उनलाई बुधबार बिहान ८ बजेसम्म, विद्यार्थी देखि अधिवक्तासम्म गरी ८२ जनाले भेट गरेको डा.केसीको सत्याग्रहको समर्थन गर्दै उनको रेखदेख गरिरहेका पवन थापाले बताए ।